राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूआर टेलर सेवा लागू, बिना चेक २ लाखसम्मको रकम भुक्तानी लिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । यो सँगै बैंकबाट अब बिना चेक २ लाखसम्मको रकम भुक्तानी लिन सकिने भएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको सुरू गरेको हो । 

बैंकले मोबाइल बैंकिङ्ग सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया