काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबारको करिब अन्तिम समयसम्म ५ कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कारोबार सुरु भएको पौने ४ घण्टाको अवधीमा कुमारी इक्विटी फण्ड,अपि पावर कम्पनी,सनराइज फस्ट म्युच्अल फण्ड,ग्लोबल आईएमई समुन्नत स्किम १ र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्टको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो ।
सबैभन्दा बढी कुमारी इक्विटी फण्डको शेयर खरिदमाग भएको छ । कम्पनीको ६ लाख ४८ हजार ९०० कित्ता शेयर खरिदमाग भएको छ ।
यस्तै,अपि पावरको ३ लाख २० हजार ९८४ कित्ता,सनराइज फस्ट म्युच्अल फण्डको २ लाख ८७ हजार १०,ग्लोबल आईएमई समुन्नत स्किम १ को २ लाख ८७ हजार १० र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्टको २ लाख ६१ हजार ६९३ कित्ता शेयर खरिदमाग भएको हो ।
प्रतिक्रिया