काठमाडौ कपन तेन्जीङ्गचोक इथीत छोटो समयमै आफ्नो ग्राहकहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मत को सेवा सुविधा दिदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राज कुमार थापा मगर नियुक्त भएका छन् ।
मङ्गलबार राजधानीमा आयोजित कार्यव्रmममा ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटीन ए.बी.एसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन ए.बी.एस को प्रचारप्रसार गर्ने भएका छन् । पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जरुरी रहेको थापाले बताए । ल्याटीनसँगको आफ्नो आबद्धताको बारेमा बोल्दै विज्ञप्तिमा उनलाई उद्धधृत गर्दै भनिएको छ, म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु । बढ्दो महङ्गीको वर्तमान परिपेक्षमा सुपथ र सस्तो मुल्यमा आफ्नो ग्राहकलाई सेवा दिदै आएको र कम्पनीलाई ०१–५९१०१०६ सम्पर्क गर्न सक्नु हुनेछ । म यस कम्पनीको उद्देश्यबाट प्रभावित छु । सबैका आवश्यकताहरु सजिलै र सरल रुपमा कसरी पुरा गर्ने भन्ने बारे ल्याटीन ए.बी.एस. कम्पनी ले पुरा गरेकोमा म विश्वास व्यक्त गर्दछु ।
प्रतिक्रिया