मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया