प्रतिशेयर आम्दानी रु.४२.३६ रहेको सबैको लघुवित्तको नाफा उल्लेखनीय वृद्धि, के कति ?

४ बर्ष अगाडि

काठमाडौं-सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरणअनुसार चालु आवको पुसमसान्तसम्ममा लघुवित्तले ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिसम्ममा लघुवित्तले ३ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस आवमा लघुवित्तको खुद नाफा गत आवको तुलनामा ८७ प्रतिशतले बढी हो ।

यस्तै, लघुवित्तले यस अवधिमा ६८ प्रतिशतले वृद्धि भएर १३ करोड ३१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४७ प्रतिशतबले वृद्धि भएर ७ करोड १४ लाख ४८ हजार रुपैयाँ आर्जन गरको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १८ करोड रुपैयाँबाट वृद्धि भएर २७ करोड पुगेकोमा कम्पनीले जगेडा कोषमा ११ करोड ८० लाख ९३ हजार रुपैयाँ सञ्चित गर्न सफल भएको छ ।

साथै कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७४ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात ३७ रुपैयाँ ३० पैसा र तरलता अनुपात १३.४३ प्रतिशत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया