काठमाडौं - नेपाल बैंकर्स संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीको कारोबारमा गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने बताएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिप्टोरभर्चुअल करेन्सीको कारोबार गरेको पाइएमा कारवाही गरिने जनाएको हो ।
संघले क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सर्वसाधारणको ध्यानकर्षण गराएको छ ।
साथै यस्तो कारोबारमा संलग्न नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतलाई प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा उक्त सूचना मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया