शेयर बजार ओरालो यात्रामै, २७०० को बिन्दुमा ओर्लियो

४ बर्ष अगाडि

काठमाडौं,साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो यात्रामा रहेको छ । 

कारोबार सुरु भएको १ घण्टाको अवधीमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २८.१८ अंकले घटेर २७८६.८९ को बिन्दुमा ओर्लिएको छ ।

सोही अवधीसम्म कारोबारमा आएका २१५ कम्पनीको १५ लाख ३१ हजार १११ कित्ता शेयर खरिदबिक्री हुदाँ ७९ करोड ३३ लाख बढीको कारोबार भएको छ ।

यस्तै, १२ बजेसम्म १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ र ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया