२०७९ साउन १ गतेदेखि बिमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - बिमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ । बिमा समितिले बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्न निर्देशन जारी गरेको छ । 

समितिले २०७९ साउन १ गतेदेखि लागू हुने गरी ‘जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै जीवन तथा निर्जीवन बिमा कम्पनीहरु सबैले आफ्नो वार्षिक प्रतिवेदनमा जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार विवरण प्रकाशन नगरेमा बिमा कम्पनीले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गर्नुपर्ने वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनु पर्ने पनि निर्देशिकामा जनाइएको छ ।

निर्देशिका लागू भएको मितिले तीन वर्ष पूरा भएपछि बीमकले नयाँ बिमा योजना तयार गर्दा सोको बिमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सो पनि स्पष्ट रुपमा खुलाउनुपर्ने पनि निर्देशिकामा लेखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया