गुराँस लघुवित्तको १६.९० प्रतिशत बोनस शेयरधनीहरूको खातामा

४ बर्ष अगाडि

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको कार्तिक २२ गते सम्पन्न भएको छैठौँ वार्षिक साधारण सभाले पारित गरेको १६.९० प्रतिशत बोनस सेयर जम्मा गरिएको हो । 

कम्पनीले बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म अर्थात् कार्तिक ७ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरेको जनाएको छ । 

त्यसैगरी, संस्थाले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  

संस्थाको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया