प्रतिशेयर आम्दानी घटेर रु.४८.१४ हुदाँ लक्ष्मी लघुवित्तले कमायो ९ करोड बढी नाफा,अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुससम्ममा लघुवित्तले ९ करोड २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२५ प्रतिशत बढेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३५ पैसा घटेर ४८ रुपैयाँ १४ पैसामा झरेको छ। 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ३९.३६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३१.१७ प्रतिशत र निक्षेप २२.३० प्रतिशत बढेको छ भने कर्जा २९.४९ प्रतिशत बढेको छ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया