बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवानापछि फरार भएका अभियुक्त पक्राउ

४ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । ४० लाख जरिवाना तोकिएका अभियुक्तलाई प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका स्थित लुभुघाटबाट पक्राउ गरेको हो । 

मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ घर भएका ४४ वर्षीय तोरण बावु श्रेष्ठलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । 

उच्च अदालत पाटनले २०७७ जेठ २७ मा उनलाई ४० लाख जरिवाना र १० दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए ।

काठमाडौंबाट रामेछाप जाँदै गरेको सुराकको आधारमा प्रहरी चौकी लुभुघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

फैसला कार्यान्वयनका लागी उनलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराइने डिएसपी ढुंगानाले बताए । 

श्रेष्ठले खातामा पैसा नभएको जानेर दिएको चेक बाउन्स भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया