काठमाडौं - राजश्व अनुसन्धान विभागले बाइनान्समार्फत क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौं मुद्दा दाय गरेको छ ।
विभागले कैलाली लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाण्डौ कालोपुल गुरुङटोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, उनका बुबा नरबहादुर खड्का र उनकी साथी अनिता धितालविरुद्धमुद्दा दाय गरेको हो ।
उनीहरु विरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बिगो दाबीसहित सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध सामूहिक मिलेमतोमा मोबाइल एप्स ई–स्क्रिल तथा बाइनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको तथा डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरेको मुद्दा दायर भएको छ ।
प्रतिक्रिया