नेको इन्स्योरेन्सद्धारा ६ महिनामा ६० करोड दावी भुक्तानी, १५ प्रतिशत बोनश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनीले ६ महिनामा करिब ७० प्रतिशत दाबी भुक्तानी गरेको छ । 

चालू आवको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३।२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रीक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकहरुको विश्वास जित्न सफल भइ व्यवसायमा पनि गतवर्षको तुलनामा यस आवको ६ महिनासम्ममा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ ।

त्यसैगरी कम्पनीले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७/०७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ । कम्पनीले समयमा दाबी भुक्तानी गरेको परिणामस्वरूप व्यवसायमा पनि गत वर्षको तुलनामा यस आवको ६ महिनासम्म १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया