लण्डन दूतावासमा आजबाट सम्पूर्ण सेवावापत लिने राजस्व शुल्क कार्ड भुक्तानीबाट मात्रै लिइने

३ बर्ष अगाडि

काठमाडौं - लण्डनस्थित नेपाली दूतावासले आजबाट लागू हुने गरी सम्पूर्ण सेवावापत लिने राजस्व शुल्क कार्ड भुक्तानीबाट मात्र लिने भएको छ ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड) मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ ।

दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो । कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएका कारण कार्ड भुक्तानी लागू गर्न थालिएको कार्यवाहक राजदूत रोशन खनालले बताए ।

बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था सञ्चालनमा ल्याउन लागेको दूतावासले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया