प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७४ पैसा पुगेको कालिका लघुवित्तले कति कमायो नाफा

४ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ८ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०५.१८ प्रतिशतले बढि हो । 

गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७५ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १६.३६ प्रतिशतले बढेर १५ करोड १६ लाख ७० हजार रूपैयाँ पुगेको छ । 

गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ३ लाख ३७ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५६५.८४ प्रतिशतले बढेर ६ करोड ३७ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९५ लाख ७५ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोषमा २२ करोड ७ लाख १६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ६० रुपैयाँ ७४ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया