एसियन लाईफको बुक क्लोज आज, साधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थका लागि आज बुक क्लोज गरेको छ ।यसअनुसार हिजो ११ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुने छ ।  

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया