काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५७ रूपैयाँ ६० पैसा कायम हुनेगरी मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय २२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया