२६ बैंकहरुले ६ महिनामा ३३ अर्ब ४६ करोड नाफा कमाए

४ बर्ष अगाडि

काठमाडौं - २६ बैंकहरुले ६ महिनामा कुल ३३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरुले ३० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको सो अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी १२.२२ प्रतिशतले बढेको छ । त्यसैगरी फि तथा कमिसन शुल्क बापतको आम्दानी १४.६८ प्रतिशतले बढेको छ । बैंकहरुले आम्दानी गर्ने यी दुई शिर्षकको आम्दानीमा सुधार आएपछि १० प्रतिशतको नाफा वृद्धि सम्भव भएको हो । 

चालु आवको पहिलो ६ महिनामा बैंकहरुले ६७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो आम्दानी ६० अर्ब रुपैयाँ मात्र थियो ।

चालु आवको पुससम्ममा बैंकहरुले सेयर कारोबार अर्थात टे«डिङ मार्फत गर्ने आम्दानीमा ४.१३ प्रतिशतले कमी आएको छ भने अन्य सञ्चालन आम्दानी २८.९० प्रतिशतले घटेको छ । 

गत आवको पुससम्ममा बैंकहरुको टे«डिङ इनकम ७.६९ प्रतिशतले बढेको थियो भने अन्य सञ्चालन आम्दानी ६५.९३ प्रतिशतले बढेको थियो । तर सो अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी भने करिब ४ प्रतिशतले घटेको थियो ।

गत आवको पुस मसान्तसम्ममा बैंकहरुले गैर बैंकिङ आम्दानीमा सुधार आएपनि ब्याज आम्दानी घटेको थियो त्यसकारण समग्र नाफा पनि घटेको थियो । वित्तीय विवरण प्रकासीत गरेका २६ बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद नाफा १० प्रतिशतले बढाएका छन् ।

 बैंकहरुको यो नाफा वृद्धि दर गत आर्थिक वर्षको पुससम्मको तुलनामा धेरै हो । गत आवको सो अवधिमा बैंकहरुको नाफा घटेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया