६ महिनामा मिर्मिरे लघुवित्तले १२ करोड १६ लाख ३४ हजार नाफा कमायो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनामा १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

सार्वजनिक विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५८.७० प्रतिशतले बढेर २८ करोड ४५ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १७ करोड ९२ लाख ९० हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१.८७ प्रतिशतले बढेर १९ करोड ३० लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ९२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको  प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ९१ पैसामा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ र जगेडा कोषमा ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ जुन गत बर्ष २० करोड ५४ लाख ९० हजारमा सिमित थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया