काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय जगको आयात बढेको छ । पानी तताउन सहज हुने भएकाले जाडोको समयमा जगको बिक्री बितरणसँगै आयात पनि बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भारत, चीन लगायत मुलु्कबाट ३१ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरका ७ लाख १४ हजार ७५६ थान विद्युतीय जग आयात भएको छ ।
गत वर्षको यसै अवधिमा अफगानिस्तान, भारत, चीन, कतार, पोल्याण्ड, साउदी अरब लगायत मुलुकबाट १२ करोड ५२ लाख ६५ हजार रुपैयाँ बराबरका २ लाख ८१ हजार ४२८ थान विद्युतीय जग आयात भएको थियो ।
समीक्षा अवधिमा विद्युतीय जगको आयात रकम १९ करोड १३ लाख ६० हजार रुपैंया तथा संस्थाका आधारमा ४ लाख ३३ हजार ३२८ ले बढेको हो । प्रतिशतका आधारमा हेर्दा विद्युतीय जग आयात भएको रकम १५२.७६ प्रतिशत तथा संख्याका आधारमा १५४ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया