हिमालयन बैंक नाफा बढेपनि घट्यो प्रतिशेयर आम्दानी, कति पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुष मसान्तसम्म वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १३.८० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.६४ प्रतिशत बढेको छ । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ७.६६ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ २३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ४७ पैसामा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया