चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय चुल्होको आयात घटेको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु अर्थिक वर्षको ६ महिनामा गत वर्षको सोहि अवधिको तुलनामा ५० प्रतिशत बढिले घटेको हो ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा चीन, भारत र इन्डोनेसियाबाट ६ करोड ९७ लाख ७२ हजार रुपैयाँ बराबरका ३२ हजार ४५६ थान विद्युतीय चुल्हो आयात भएको छ ।
जसमा ४ करोड ६३ लाख ५१ हजार रुपैयाँ बराबरका २१ हजार ५४० थान इन्डक्सन र २ करोड ३४ लाख २१ हजार रुपैयाँ बराबरको १० हजार ९१० थान इन्फ्रारेड चुल्हो आयात भएको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा बंगलादेश, चीन, भारत, इटाली, मलेसियालगायत मुलुकहरुबाट १५ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ८८६ थान इन्डक्सन चुल्हो आयात भएको थियो ।
समीक्षा अवधिमा विद्युतीय चुल्होको आयात रकममा ८ करोड ९२ लाख १७ हजार रुपैंयाको गिरावट आएको छ भने चुल्होको संख्या पनि ७३ हजार ४३० ले घटेको छ । प्रतिशतका आधारमा हेर्दा विद्युतीय चुल्होको आयात रकम ५६.१२ प्रतिशत तथा संख्याका आधारमा ६९.३५ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया