काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आज सम्म मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले १:१ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो ।
कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया