१२ हजार बढीमा कोरोना संक्रमण पुष्टि हुदाँ ८ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या करिब ८९ हजार

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

२५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ३ हजार ४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख २७ हजार २७९ जना निको हुँदा कुल ११ हजार ६६७ जनाको मृत्यु भएको छ। हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया