गत वर्ष घाटामा रहेको नेपाल फाइनान्सको नाफा सवा ३ करोड माथि,प्रतिशेयर आम्दानी पनि बढ्यो

४ बर्ष अगाडि

 काठमाडौं,नेपाल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म फाइनान्सले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३९ लाख ८ हजार घाटा व्यहोरेको थियो। 

यो अवधिसम्म कम्पनीले ३ करोड ७१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीलाई ६९ लाख ५७ हजार रुपैयाँ सञ्चालन घाटा भएको थियो।

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिसम्म १९ लाख २१ हजार रुपैयाँमा सीमित थियो। 

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड २६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार केही घटेर ४८ करोड ८७ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ४९ करोड ६ लाख रुपैयाँ रहेको थियो।

 समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार हुँदै १३.४९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म प्रतिशेयर आम्दानी ३.५४ रुपैयाँले ऋणात्मक रहेको थियो। 

यो अवधिसम्म बैंकको पीई रेसियो ५२.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२.३५ रुपैयाँ पुगेको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया