नाफासंगै मितेरी विकास बैंकको प्रतिशेयर आम्दानी पनि घट्यो, अन्य सूचक के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं- मितेरी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तिय विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २.४५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १९.३८ प्रतिशतले बढेर एक अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.७१ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २.५६ प्रतिशतले घटेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा समेत २ करोड ५१ लाख रुपैयाँ रहेको छ। 

बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २.४५ प्रतिशतले घटेको विवरणमा उल्लेख गरिएको छ। गत आर्थिक वषको पुस मसान्तसम्म १७ रुपैयाँ ५१ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा घटेर १५ रुपैयाँ ६ पैसामा सीमित भएको छ। 

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४४ गुणा रहेको छ।

चुक्ता पूँजी ९० करोड ३४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३१ करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया