आठ बैंक आरबीआईको कारबाहीमा,१ देखि ४ लाख भारुसम्मको जरिवाना

४ बर्ष अगाडि

काठमाडौं, भारतीय रिजर्भ बैंक (आरबीआई) ले आठवटा बैंकलाई बैकिङ नियम पालना नगरेको कसुरमा कारबाही गरेको छ ।

आरबीआईले बैंकको अपराधको प्रकृति अनुसार १ लाख भारु देखि ४ लाख भारुसम्मको जरिवाना तोकेको छ। कारबाहीमा पर्नेहरुमा आठै वटा बैंक को–अपरेटिभ बैंकहरु रहेका छन्।

गुजरात स्थित द एसोसिएट बैंकले व्यक्ति तथा बित्तीय संस्थाललाई ऋण प्रदान गर्दा पालना गनुपर्ने नियम र ग्राहक पहिचान विवरण (केवाइसी) नियमको पालना नगरेको अभियोगमा ४ लाख भारु जरिवाना तिराएको छ।

यस्तै, मोगभीरा कोअपरेटिभ बैंकलाई केवाइसी नियम पालना नगरेको आरोपमा २ लाख जरिवाना तिराएको । 

भर्चा कोअपरेटिभ बैंकले डिपोजिटर एजुकेशन एन्ड अवयरनेस फन्ड स्किम प्रावधानको नियम पालना नगरेको कसुरमा १ लाख भारु जरिवाना गरेको छ। साथै जम्मु स्थित जम्मु सेन्ट्रल बैंक र जोधपुर स्थित जोधपुर नागरिक सहकारी बैंकलाई पनि समान कसुर गरेको ठहर गर्दै १–१ लाख जरिवाना तिराएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया