काठमाडौं- नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको छ । पहिलो स्टक क्लियरेन्स भए पछि हाल यो मोटरसाइकल फेरि उपलब्ध भएको हो ।
पहिले यो मोटरसाइकलको मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ रहेकोमा अब यसको मूल्य ६ लाख २५ हजार रुपैयाँ पुगेको छ । नेपाल सरकारले बजेटमार्फत बढाएको भन्सार दर बढ्नुका साथै उत्पादक कम्पनीले समेत मूल्य बढाएको कारण यो मोटरसाइकलको मूल्य समेत बढेको नेपालका लागि आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।
माघ ९ गते देखि नै लागू हुने गरी यो मोटरसाइकलमा विन्टर अफर समेत उपलब्ध छ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउनेछन् । त्यस्तै कम्पनीले एक्सचेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ ।
यो बाइक १८३ सीसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्यधिक पावर १३।५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५।७ एमएम र ७५०० आरपीएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबीएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००र९०–१९ र पछाडिको टायर साइज १३०र८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलईडी लाइट छ । १२५ किमी परआवर हाइस्पिड क्षमता छ ।
प्रतिक्रिया