सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले घट्यो, कर्जा लागनी भने वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, एकसातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैंयाले घटेको छ । 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो। 

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँ बढेको छ। योसँगै पुस ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया