नेप्सेमा झिनो अंकको गिरावटसंगै कारोबार रकम पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा झिनो गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.५९ अंकले घटेर २८१५.०६ विन्दुमा झरेको छ । नेप्से ०.२० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६ रुपैयाँ पुगेको छ । यस दिन बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । 

यस दिन १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ८.३४ प्रतिशतले घटेर एक हजार रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया