काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन १०० अंकले घटेको नेप्से परिसूचक आज ५.९२ अंकले घट्न पुगेको छ ।
आज झिनो अंकले नेप्से घट्दा कारोबार पनि ५ अर्बमाथि सीमित हुन पुगेको छ ।
सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन २६ करोड ९४ लाख ५१ हजार ४१७ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, अपि पावरको २२ करोड ८२ लाख, एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २२ लाख र नेशनल हाइड्रोपावरको १२ करोड ७६ लाख भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया