काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको सवा तीन घण्टाको अवधीमा कुमारी इक्विटी फण्ड र अपि पावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिद माग भएको छ ।
कुमारी इक्विटी फण्डको ( २ बजे १५ मिनेट)सम्ममा ५ लाख २ हजार २७५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग १८ हजार ९२१ कित्ता रहेको छ । कम्पनीको शेयरमूल्य ०.३३ प्रतिशतले बढेर शेयरमूल्य ९.२१ पुगेको छ ।
यस्तै, अपि पावर कम्पनीको ३ लाख १० हजार ९४५ कित्ता शेयर खरिदमाग हुदाँ १ लाख २१ हजार ३४७ कित्ता बिक्री माग भएको छ । कम्पनीको शेयरमूल्य ०.११ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य रु. ५२२.४० पुगेको छ ।
प्रतिक्रिया