एनएमबि हाईब्रिड फण्ड एल १ को एनएभि बढ्यो, शेयरमा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं,एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार फण्डको एनएभी मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. १३.६६ रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. १५.०८ पुगेको हो । 

यस्तै, फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ८२ लाख ८७ हजार नाफा कमाएको छ । मंसिर मसान्त फण्डले रू. १२ करोड ३५ लाख ५१ हजार नोक्सानीमा रहेको थियो ।  पुस मसान्तसम्ममा फण्डले रू. ३ करोड २३ लाख ६ हजार आम्दानी गरेको छ । 

त्यसैगरी, पुस मसान्तसम्ममा फण्डको सुचीकृत शेयरमा लगानी बढेको छ । मंसिर मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ६३ करोड ५५ लाख लगानी गरेकोमा पुस मसान्तमा वृद्धि भएर रू. ७३ करोड २८ लाख २४ हजार पुगेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया