ज्योती विकास बैंकले कमायो ३४ करोड बढी नाफा,प्रतिशेयर आम्दानी रु.१६.१२ हुदाँ अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-ज्योती विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तिय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.५७ प्रतिशतले बढि हो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.७३ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी २.७२ प्रतिशतले र सञ्चालन मुनाफा १२.३५ प्रतिशतले वृद्धि भएको छ। 

यसैगरी समीक्षा अवधिमा बैंकको निष्किृय कर्जा ०.६८ प्रतिशतबाट बढेर १.४७ प्रतिशतमा पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको  प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसाबाट घटेर १६ रुपैयाँ १२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.९१ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो सोही अवधीसम्म  बैंकको चुक्ता पूँजी ११ प्रतिशतले बढ्दा जगेडा कोष भने २२.७९ प्रतिशतले घटेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया