काठमाडौं, नेपाल कम भ्रष्टाचार हुने मुलुकको ११७ औँ स्थानमा रहेको छ । १८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी ट्रान्सपरेन्सीले सार्वजनिक गरेको २०२१ को प्रतिवेदनले यस्तो देखाएको हो ।
गत वर्ष पनि नेपाल ११७ औँ स्थानमा नै रहेको थियो । अघिल्लो वर्ष र गएको वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा सुधार हुन नसकेको ट्रान्सपरेन्सीले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ । जस अनुसार नेपालले ३३ अंक पाएर कम भ्रष्टाचार हुने मुलुकको ११७ औँ स्थानमा रहेको छ । ५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ।
ट्रान्सपरेन्सीका अनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । सार्कमा सबैभन्दा बढी भ्रष्टाचार अफगानिस्तानमा रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ ।
प्रतिक्रिया