आइपीओ निष्कासनको तयारीमा रहेको सीवाइसी नेपाल लघुवित्तको वित्तिय अवस्था यस्तो,कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं- आइपीओ निष्कासनको तयारीमा रहेको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

वित्तिय विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधीसम्म कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६०.०८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । 
 
पुससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५४.१४  प्रतिशतले बढ्दा सञ्चालन नाफा भने २३.२१  प्रतिशतले घटेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड २८ लाख रुपैयाँ रहेको छ । 
 
लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागीसकेको छ ।  कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्याटिलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया