ग्रिन डेभलपमेन्ट बैंकको नाफा ३८.६८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, ग्रिन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले चालु आवको पुस मसान्तसम्ममा १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा गत वर्षको यही अवधिको तुलनामा ३८.६८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५२ लाख ७ हजार रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी भने बढेर ५ करोड ६४ लाख रुपैयाँ भएको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिसम्म ३ करोड ९० लाख रुपैयाँमा सीमित थियो।

बैंकले यो अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८५ करोड रुपैयाँ नै कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २ करोड ९० लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

बैंकको प्रतिशेयर आम्दानी घटेर ७० पैसामा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस १.८ रुपैयाँ रहेको थियो

४ बर्ष अगाडि

प्रतिक्रिया