ब्रोकर नं. ५८ ले दियो स्पष्टिकरण : अग्रवाल र निजको परिवारले कहिल्यै कुनै कारोवार नै नगरेको दाबी

४ बर्ष अगाडि

नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले विगत केही दिनयता विभिन्न अनलाईन मिडिया मार्फत नासा सेक्यूरिटिजसँग नाम जोडेर विभिन्न भ्रमपूर्ण समाचारहरु सम्प्रेषित भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै ओम प्रकाश अग्रवाल तथा निजको परिवारका सदस्यहरुको .ब्रोकर नं. ५८) मा कारोबार खाता तथा हितग्राही खाता नै नरहेको र यस संस्थाबाट कहिल्यै कुनै कारोवार नै नगरेको दाबी गरेको छ । “अरबौ भन्दा बढीको शेयर बेचेर फरार भएका व्यवसायी ओम प्रकाश अग्रवाललाई मिटर व्याजमा ऋण दिएको हुन सक्ने भन्दै सि आई बि ले ब्रोकर नं. ५८ माथि अनुसन्धान जारी राखेको” भन्ने जस्ता भ्रमपूर्ण तथ्यहरु निराधार यूक्त रहेको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ ’विगत केही दिनयता विभिन्न अनलाईन मिडिया मार्फत यस नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं.५८) सँग नाम जोडेर विभिन्न भ्रमपूर्ण समाचारहरु सम्प्रेषित भएको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । यसबाट अनावश्यक रुपमा जनमानस तथा ग्राहक वर्गमा भ्रम श्रृजना हुन सक्ने देखिएकोले सत्य तत्थ्य प्रष्ट पार्दै यो विज्ञप्ती जारी गरिएको छ । उक्त सम्प्रेषित भ्रमपूर्ण अनलाईन समाचारहरुमा यस नासा सेक्यूरिटिज कम्पनी लिमिटेड ९ब्रोकर नं। ५८० मा कारोबार खाता तथा हितग्राही खाता नै नरहेका र यस संस्थाबाट कहिल्यै कुनै कारोवारनै नगर्ने ओम प्रकाश अग्रवाल तथा निजको परिवारका सदस्यहरुको नाम जोडी “अरबौ भन्दा बढीको शेयर बेचेर फरार भएका व्यवसायी ओम प्रकाश अग्रवाललाई मिटर व्याजमा ऋण दिएको हुन सक्ने भन्दै सि आई बि ले ब्रोकर नं। ५८ माथि अनुसन्धान जारी राखेको” भन्ने जस्ता भ्रमपूर्ण तत्थ्यहरु निराधार यूक्त रहेकोले उक्त सम्प्रेषित समाचार यस संस्थाको साखलाई गिराउने, दुराग्रही एवं दुषित मनोभावबाट ग्रस्त, निराधार र भ्रमपुर्ण रही उक्त समाचारमा कुनै सत्यता नरहेको हुँदा भ्रममा नपर्न सम्पुर्ण सरोकारवाला जनसमुदाय तथा ग्राहक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया