काठमाडौं, पछिल्लो समय दैनिक बढ्दो संक्रमणसंगै मुलुकभर सक्रिय संक्रमितको संख्या साढे ८२ हजार नाघेको छ ।
हिजो सोमबार एकैदिनमा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएसंगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो ।
हाल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ५२ हजार ८४२ पुगेको छ । यो कुल सक्रिय संक्रमितको करिब ६० प्रतिशत हो ।
हिजो(सोमबार) काठमाडौं उपत्यकामा ४ हजार ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये काठमाडौंमा मात्रै ३ हजार ६३४ जना रहेका छन् भने भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना रहेका छन् ।
कोरोना संक्रमण सुरु भएदेखि हालसम्म देशभर १० लाख ३३ हजार ६३६ जनामा कोरोना पोजेटिभ देखिएको छ र ८ लाख २४ हजार २३९ जना संक्रमण मुक्त भइसकेका छन् । हालसम्म ११ हजार ६५९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया