प्रतिशेयर शेयर आम्दानी रु.२८.३७ हुदाँ आरम्भ चौतारीको नाफा  ३०.२४ प्रतिशतले बढ्यो, अन्य सूचक के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तिय विवरण अनुसार संस्थाले चालु आवको पुस मसान्तसम्म ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०.२४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ४.०३ प्रतिशतले बढेर ६ करोड ३२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो मुनाफा ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ४१.८९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड २६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १८ करोड ८२ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ४८ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ३० करोड ७९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ४४.६७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १३ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १९ करोड १० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको प्रतिशेयर आम्दानी २८.३७ रुपैयाँ, पीई रेसियो ४३.२४ गुणा, प्रतिशेयर नेटवर्थ १६२.२५ रुपैयाँ र तरलता अनुपात २.४८ प्रतिशत रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया