एसियन लाइफको बुकक्लोज भोलि,आजसम्म कायम शेयरधनीले मात्र २७ प्रतिशत लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं-एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम मौका रहेको छ। 

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (माघ १२ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम शेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीको साधारणसभा यही माघ २१ गते हुदैछ । सोही सभाले आर्थिक वर्ष २०७६र७७ का लागि प्रस्तावित कुल २७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया