काठमाडौं - यूएईले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुवाई सहरमा रहेको anciet builders constructions llc कम्पनीले विभिन्न पदका लागि ३८० नेपाली पुरुष कामदारको माग गरेको छ ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब २५ हजार माथिदेखि ३८ हजार बढि पाउनेछ । इच्छुक कामदारले रिदम ओभरसिज प्रालिको कार्यालय पुरानो वानेश्वर काठमाडौंमा माघ १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया