भोली सम्म कायम शेयरधनिहरुले मात्र एशियन लाइफको लाभांश पाउने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - भोली सम्म कायम शेयरधनिहरुले मात्र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पाउने भएका छन् । कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । 

कम्पनीले सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने भएका हुन् । 

कम्पनीको साधारण सभा आगामी माघ २१ गते हुँदैछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया