पत्रिकामा पोको पारेका खानेकुराले क्यान्सरको खतरा

७ बर्ष अगाडि

काठमाडौं – कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानुहोस् । बिक्रेताले पत्रपत्रिकामै पोको पारेर चटपटे दिन्छ । तात्तातो दुनोट माग्नुहोस्, बिक्रेताले तापाईंलाई पत्रिकाले बेरेजसरी दिन्छ । मासु किन्न जानुहोस्, मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईंलाई मासु दिन्छ ।

तर, तपाईं हामीमध्ये कमैलाई थाहा होला– पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठीक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यान्सर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन ।
हो, यदि प्रयोगमा आइसकेका पत्रपत्रिकामा पोको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौं । चिकित्सकहरुले पनि यो विषयलाई जनचेतना विस्तारकै रूपमा अघि बढाउनुपर्ने धारणा राख्न थालेका छन् ।
वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा दीर्घसिंह बमका अनुसार प्रयोग गरिएका पुराना पत्रपत्रिका, कागजपत्रमा पोको पारेका खानेकुराले मुटु रोग र क्यान्सर लाग्न सक्छ । यसको प्रयोगले फोक्सो र खाने नलीमा समेत समस्या हुन सक्छ । राजधानी दैनिकले पहिलो पेज मा खबर छापेको छ। 

७ बर्ष अगाडि

प्रतिक्रिया