काठमाडौं - कोरोना भाइरसको तेस्रो लहरको सामना गर्नका लागि नेपाल चिकित्सक संघको पहलमा माघ ११ गतेदेखि कल सेन्टर संचालनमा आउने भएको छ ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको सयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर संचालनमा आउने भएको हो । कल सेन्टर प्रत्येक विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म संचालन हुने चिकित्सक संघले जनाएको छ ।
कोरोनाको तेस्रो लहर व्यापक रुपमा बढ्दै गईरहेको हुँदा सम्पुण नेपाली नागरिकहरुलाई पर्न सक्ने स्वास्थ्य सम्बन्धी समस्याका लागि संघको ११५६ नम्बरमा कल गरि सम्पुण परार्मश लिन सकिने नेपाल चिकित्सक संघले जनाएको छ ।

प्रतिक्रिया