२१ हजार २०१ जनाको परीक्षणमा १० हजार बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ८२ हजार नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

२१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा २ हजार ५४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख २४ हजार २३९ जना निको हुँदा कुल ११ हजार ६५९ जनाको मृत्यु भएको छ। हाल देशभर ८२ हजार ५५०  जना सक्रिय संक्रमित रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया