टाटा मोटर्सको नेक्सन एसयुभीको मूल्य बढ्यो, १५ हजार भारुसम्म बृद्धि

३ बर्ष अगाडि

काठमाडौं, टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ । यो एसयुभीमा कम्पनीले १५ हजार भारुसम्म बृद्धि गरेको छ । 

कम्पनीले पेट्रोल गाडीमा ५ हजारदेखी १३ हजार भारुसम्म र डिजेलमा ५ हजारदेखी १५ हजार भारुसम्म बृद्धि गरेको छ । सबैभन्दा बढी एक्सएम एस भेरियन्टमा १५ हजार भारुले मूल्य बृद्धि गरिएको हो ।

डिजेलमा कुल १८ र पेट्रोलमा २१ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य भारतमा ७ लाख ३९ हजारदेखी १३ लाख ३४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा समेत निकै नै रुचाइएको यो एसयुभीको मूल्य ४० लाख ३० हजार रुपैयाँदेखी ५३ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

नेपालमा यसको पेट्रोल इन्जिनमा कुल ७ वटा भेरियन्ट मात्र उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा नेक्सनको पेट्रोल मोडलमात्र उपलब्ध रहेका कारण आगामी दिनमा यो एसयुभीको मूल्य ५० हजार रुपैंयाँ हाराहारीसम्मले बृद्धि हुने देखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया