काठमाडौं, भारतीय शेयर बजारमा सोमबार पनि भारी गिरावट आएको छ । आज बम्बई स्टक एक्सचेन्जको सेन्सेक्स १ एक हजार ९ सय ५४ अंकले गिरावट भएर ५७ हजार ८२.८४ विन्दुमा पुगेको छ ।
भारतमा पहिलो कारोबार दिन सेन्सेक्सले सबैभन्दा उच्च स्तर ५९ हजार २३.९७ विन्दु छोएको थियो भने सबैभन्दा तल्लो स्तर ५६ हजार ९ सय ८४.०१ विन्दुमा झरेको थियो । भारतीय शेयर बजारमा आज लगानीकर्ताहरुलाई साढे सात लाख करोड भारतीय रुपैयाँ घाटा भएको छ ।
गत मंगलबार सेन्सेक्स ५५४ अंकले, बुधबार ६५६ अंकले, बिहीबार ६३४ अंकले र शुक्रबार ४२७ अंकले घटेको थियो ।
शुक्रबार भारतको कुल बजार पूँजीकरण २७० लाख करोड भारतीय रुपैयाँ रहेकोमा सोमबार थप घटेर २६२.५ लाख करोड रुपैयाँ झरेको छ । यस साता बजार पूँजीकरण १८ लाख करोड भारतीय रुपैयाँले गिरावट भएको छ । अघिल्लो साताको सोमबार भारतको कुल बजार पूँजीकरण २८० लाख करोड भारतीय रुपैयाँ थियो ।
बजाज फाइनान्स, टेक महिन्द्रा र विप्रो, टाटा स्टिल र टाइटनको शेयर मूल्य यस दिन ४ प्रतिशतभन्दा धेरैले घटेको छ । नाइका, जोमाटो र पेटिएम जस्ता कम्पनीहरुको शेयरमूल्यमा आज गिरावट आएको छ । यी कम्पनीको शेयरमूल्य एक वर्षयताकै तल्लो स्तरमा झरको छ ।
यसैगरी भारतकै नेशनल स्टक एक्सचेन्जको निफ्टी ५६९ अंकले घटेर १७,०४७ विन्दुमा खरिदबिक्री हुँदैछ । १७,५७५ विन्दुमा खुलेको निफ्टी माथिल्लो विन्दु १७,५९९ पुग्यो भने तल्लो विन्दु १६,९९७ मा झरेको थियो । यसको मिडक्याप, नेक्स्ट ५०, बैंक तथा फाइनान्स सूचक घटेको छ । सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमध्ये जेएसडब्लुू स्टील, हिन्डाल्को, एशियल पेनट्स र टेक महिन्द्रा हुन् । निफ्टीको शेयरमूल्य बढ्ने कम्पनीहरुमध्ये ओएनजीसी, मारुती, सिप्ला, पावरग्रिड र इंडसइंड बैंक छन् । यस अघि अघिल्लो साताको अन्तिम कारोबार दिन, निफ्टी १४० अंकले घटेर १७,६१७ विन्दुमा बन्द भएको थियो ।
प्रतिक्रिया