सोमबार नेप्सेमा १०० अंकको पहिरो,सबै उपसमूह राताम्मे

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा पहिरो गएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । नेप्से ३.४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० विन्दुमा झरेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ ।

आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

सोमबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ । 

यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको शेयरमूल्य ७.८२ प्रतिशतले घटेर ४ सय ४० रूपैयाँ ६० पैसामा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया