आइएमई लाइफको बोनसदर सार्वजनिक, न्यूनतम रु.२० देखि अधिकतम कतिसम्म पाइने ?

४ बर्ष अगाडि

काठमाडौं-आइएमई लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आथिर्क वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेखमा र सावधिकरअग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले ३० रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी ९सावधिक धन सरिता० अन्रर्गतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया